२०८१ असार २ गते शनिवार

दाङको एक बैंकको १८ करोड हिनामिना प्रकरण: ३३ जनालाई जरिवानासहित कैद सजाय



२५ असार,घोराही –
उच्च अदालत तुलसीपुरले देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बैंकका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो ।

बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । जसमध्ये दोषी ठहर भएका ३३ जनालाई कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला भएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिनुभएको छ ।

२०७६ सालमा देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रकम हिनामिना भएपछि बैंकका कर्मचारी र सञ्चालक समिति सदस्यविरूद्ध नेपाल सरकारले मुद्दा दायर गरेको थियो ।

मुख्य प्रतिवादीमध्ये समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि २०७६ जेठसम्मको अवधिमा कर्जा खाताहरूको भौतिक फाइल खडा नगरी बैंकिङ सफ्टवेयर प्रणालीमा कृत्रिम ३६ वटा कर्जा खाता खोलेका थिए । ती खाताबाट उनले १७ करोड ९९ लाख ९० हजार बराबरको कर्जा रकम सिर्जना गरेको ठहर अदालते गरेको छ ।

उक्त रकम प्रतिवादीहरू मध्येका बसन्तबहादुर बस्नेतसमेतका ४५ जना व्यक्तिका खातामा पठाएर ४५ जनाले आफ्नो खाताबाट झिकी प्रयोग गरी बैंकको रकम हिनामिना गरी बैंकलाई हानी नोक्सानी पु¥याएको अदालते ठहर गरेको छ ।

बैंकमा फर्जी खाता खोली बैंकको रुपैयाँ हिनामिना गर्ने बुढाथोकीलाई अन्य प्रतिवादीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिएकोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसुरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालतले गरेको छ ।

कसलाई कति जरिवाना तथा कैद ?

१. बसन्तबहादुर बस्नेत– २ करोड १५ लाख ३६ हजार २५० रूपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ।
२. मनोज केसी– १ करोड ४ लाख ११ हजार ७४६ रूपैयाँ जरिवाना २ वर्ष कैद ।
३. रोशन बस्नेत– ७१ लाख ८२ हजार ५०० रूपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ।
४. झगबहादुर डिसी– २० लाख ३१ हजार ५०० रूपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ।
५. विनोद खड्का– ५९ लाख ७५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
६. शान्ति केसी– २ लाख रूपैयाँ जरिवाना र १० दिन कैद ।
७. मुकेशकुमार गुप्ता —४ लाख ५० हजार २५० रूपैयाँ जरिवाना र १५ दिन कैद ।
८. सन्जय बगाले– १८ लाख ६२ हजार ५०० रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
९. विनोदकुमार वली– १५ लाख ३० हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
१०. विजया शर्मा– १० लाख २५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
११. विजयकुमार गुप्ता– ७ लाख ८२ हजार ५०० रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१२. जीवराज रावत– ९ लाख रूपैयाँ जरिवाना र २० दिन कैद ।
१३. अर्जुन बस्नेत– १३ लाख २५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
१४. नोमबहादुर बुढाथोकी– ७ लाख ५० हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१५. वीरेन्द्रकुमार गुप्ता– ९ लाख ८७ हजार ५०० रूपैयाँ जरिवाना र २० दिन कैद ।
१६. प्रेमबहादुर बुढाथोकी– ७ लाख रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१७. किरण रावत– ६ लाख ९३ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१८. नोखमतीकुमारी बस्नेत– ६ लाख ३२ हजार ५०० रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१९. डेमकला खड्का– १४ लाख २५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
२०. नरबहादुर कार्की– ५ लाख ९५ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
२१. धनेश्वर आचार्य– ५ लाख रूपैयाँ जरिवाना र १५ दिन कैद सजाय ।
२२. द्रोणबहादुर केसी– ५ लाख रूपैयाँ जरिवाना र १५ दिन कैद ।
२३. रामबहादुर घर्ती– ७ लाख ७५ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
२४. केशवी बुढाथोकी– ५ लाख रूपैयाँ जरिवाना र १२ दिन कैद ।
२५. बसन्त बुढाथोकी– ३५ हजार ७७२ रूपैयाँ जरिवाना र ४ दिन कैद ।
२६. शरद पोखरेल– ३ लाख रूपैयाँ जरिवाना र १२ दिन कैद ।
२७. मतकुमार पौडेल– २ लाख ५० हजार रूपैयाँ जरिवाना र १० दिन कैद ।
२८. नरसिंह विश्वकर्मा–२ लाख ५० हजार रूपैयाँ जरिवाना र १० दिन कैद ।
२९. शालिकराम केसी– २ लाख ५० हजार रूपैयाँ जरिवाना र १० दिन कैद ।
३०. खुवीराम न्यौपाने– २ लाख रूपैयाँ जरिवाना र १० दिन कैद ।
३१. रविनकुमार डाँगी– १ लाख ७५ हजार ५०० रूपैयाँ जरिवाना र १० दिन कैद ।
३२. हेमन्त पुन मगर– ५० हजार रूपैयाँ जरिवाना र ५ दिन कैद ।
३३. बालिका महरा– २५ हजार रूपैयाँ जरिवाना र ४ दिन कैद ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्