२०८१ चैत्र १० गते आइतवार

दाङमा आज १० जनामा परिक्षण गर्दा एक जनामा कोरोना पुष्टि



२५ असार, घोराही –
दाङमा आज एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा एक जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

राप्ती गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ४८ जना रहेका छन् ।

उनिहरु मध्य एक सय २७ जना घरमै, १४ जना अक्सिजन सहितको उपचारमा र आईसियूमा ७ जना विरामी रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

दाङमा बैशाख यता ८ हजार एक सय ६२ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ७ हजार ८ सय १० जना निको भएका छन भने २ सय ४ जनाको मृत्युभएको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्