२०८२ बैशाख १८ गते बुधवार

घर भत्कीएर मृत्युभएकी विनुको परिवारलाई सवा दुई लाख सहयोग



२५ असार,घोराही –
घोराही उपमहानगरपालिका १७ क्वाडिमा घरको गारो भत्किएर मृत्यु भएकी तीन महिनाकी विनु चौधरीको परिवारलाई सरकारले सवा २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट २ लाख र घोराही उपमहानगरपालिकाको तर्फबाट २५ हजार गरी २ लाख २५ हजार रुपैयाँ पिडित परिवालाई उपलब्ध गराईएको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी प्रमुख एसपी सुरेश काफ्ले सहित जनप्रतिनिध र पत्रकारहरुको उपस्थितीमा दिबंगत विनुकी बुवा आशाराम चौधरीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

घटनामा परि आशारामकी श्रीमती र छोरी घाईते भएको र उहाँहरुको निशुल्क उपचार गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनुभयो । यस्ता विपद्का घटनामा परि दिबंगत हुने परिवारलाई सरकारले तोकेको आर्थिक सहायता उपलब्ध गराएको र घाईतेको उपचार खर्च सरकारले व्यहोर्ने उहाँले बताउनुभयो ।

अविरल बर्षाका कारण अस्ती राती गोठ भत्कने क्रममा घरको गारो समेत भत्कीदा सुतिरहेका तीन महिने शिशु विनुको मृत्युभएको थियो । घाईते आमाछोरी उपचार पछि घर फर्कनु भएको छ ।

आमाको दायाँ हात तथा टाउको र छोरीको खुट्टामा चोट लागेको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले पनि चौधरी परिवारलाई राहत सामग्री वितरण गरेको छ ।।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्