२०८१ असार २ गते शनिवार

दाङमा श्रीमानले कराही प्रहार गर्दा श्रीमतीको मृत्यु



२७ जेठ,दाङ- दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–२, पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती २१ वर्षकी कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएको हो ।

गत जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएको र क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज बिहान ८ मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

श्रीमान रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ ।कारण नखुलेकाले घटनाबारे थप अनुसन्धान भइरहेको गढवा प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्