२०८१ असार २ गते शनिवार

ह्वात्तै घट्यो सुनको मूल्य



२७ जेठ, काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ हजार रुपैयाँले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भरहेको छ । महासंघका अनुसार आज तेजाबी सुन एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्