२०८२ बैशाख १८ गते बुधवार

आज घोराहीका ५६ सहित दाङका ९६ जनाले जिते कोरोना



२६ जेठ,घोराही –
दाङमा वितेको २४ घण्टामा ९६ जनाले कोरोनालाई जितेका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार ४५ महिला र ५२ पुरुषले कोरोनालाई जितेका हुन् ।

आज कोरोना जित्ने सबै भन्दा धरै घोराहीका रहेका छन् । जसमा घोराहीका ५६, तुलसीपुरका ३१ र लमहीका ९ जनाले कोरोना जितेको केन्द्रले जनाएको छ ।

आज निको भएका संगै जिल्लामा बैशाख यता कोरोनाबाट निको हुनेका संख्या ६ हजार ७ सय २८ पुगेको छ ।
यस्तै वितेको २४ घण्टामा दाङमा कोही संक्रमितको मृत्युु भएको छ भने बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ९० पुगेको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्