२०८१ असोज २४ गते बिहिवार

दाङमा ४० औँ दिन पछि खुलेका पसलहरुले ग्राहक तान्दै



२६ जेठ, घोराही – दाङमा कोरोना संक्रमण तथा रोकथामका लागि लकडाउन गरिएको आज ४० औँ दिन पुगेको छ । गएको बैशाख १७ गतेदेखी जारी गरिएको लकडाउनलाई केहि खुकुलो बनाउदै आगामी असार १ गते बेलुकी ६ बजे सम्म थप गरिएको छ ।

विहान ६ बजेदेखि १० बजेसम्म होटेल, सैलुन,खाजा घर, चिया पसल बाहेक अन्य पसलहरु खुल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।
लकडाउन खुकुलो भएसंगै घोराही,तुलसीपुर लगाएतका बजार क्षेत्रमा अन्य दिनको तुलनामा आज विहान चहलपहल बढेको छ । लामो समय सम्म बन्द भएका पसलहरु आजबाट खुल्न थालेका हुन ।

जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर घट्दै जान थालेपछि लकडाउनलाई खुकुलो बनाईएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी बताउनुभयो । यस्तैगरी बैंक तथा बित्तिय संघसंस्थाको कार्यालय पनि दैनिक चार घण्टाका खुला हुनेछन् ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्