२६ वैशाख,सल्यान –
यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सल्यानका १० स्थानीय तहका विभिन्न मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले १ हजार ३ जना कर्मचारी खटाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामकुमार खत्रीका अनुसार मतदाताको संख्याअनुसार एक मतदान केन्द्रमा मतदान अधिकृतसहित पाँचदेखि सात जना कर्मचारी खटाइएको छ ।
मतदान केन्द्रसम्म पुग्नका लागि मतदान अधिकृतसहित कर्मचारीलाई सामग्री लिएर जान कठिनाइ नहोस् भनेर ठूला–साना गाडीको व्यवस्था मिलाएको र एक गाडीमा तीन÷चार मतदान केन्द्रका कर्मचारी पठाइएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
उहाँले म्यादी, सशस्त्र र नेपाल प्रहरी एक हजार ६ सय र जिल्लाका विभिन्न स्थानमा १५ बेसक्याम्प सञ्चालन गरेर नेपाली सेना खटाइएको जानकारी दिनुभएको छ ।।