२०८१ जेष्ठ ५ गते शनिवार

काम गर्ने वातावरण नै नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री गुरुङ



२६ बैशाख,घोराही ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आज प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्तवको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गर्नुभएको छ ।

यस्तै हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको पत्रमा उल्लेख छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्