२६ वैशाख,घोराही । दाङमा थप एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज घरभई हाल बबई गाउँपालिका वडा नं. ५ स्थित माईतमा बस्दै आएकी २७ बर्षीया महिलाको आईतबार (आज) विहान साढे १ बजेतिर निधन भएको हो ।
उनको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा मृत्युु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताउनुुभयो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् ।
उनमा निमोनिया र स्वास्प्रश्वासमा समस्या थियो । यो सँगै बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दाङमा ५७ पुगेको छ ।।
प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार