२७ चैत्र,घोराही ।
कृषि र पशुपालनलाई प्रबद्र्धन गर्न दाङमा हरित स्वयसेवक छनोट गरिएको छ । प्रदेश सरकारले कृषि र पशुपालनलाई व्यवसायीकरुपमा अघि बढाउने गरी जिल्लाका सबै स्थानिय तहमा हरित स्वयसेवक छनोट गरिएको हो ।
लुम्बिनी प्रदेरको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले प्रदेशभरी नै हरित स्वयसेवकको छनोट गरि कृषि र पशुपालनलाई प्रबद्र्धन गर्ने योजना अघि सारेको हो । जस अनुसार दाङमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जिल्लाका सबै स्थानिय तहमा ति हरित स्वयसेवकहरु छनोट गरि आबस्यक प्रशिक्षण समेत चलाएको छ ।
जिल्लाभरी ४७ जना त्यस्ता हरित स्वयसेवकहरु छनोटमा परेका छन् । दुर्गम तथा ग्रामिण बस्तीमा कृषि र पशुपालनलाई प्रबद्र्धन गर्दै निर्वाहमुखीबाट व्यवसायीकरुपमा अघि बढाउने योजनाका साथ हरित स्वयसेवकको छनोट गरिएको विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिनुभयो ।
खेती प्रणाली र पशुपालन व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सहजिकरणका लागि सरकारले हरित स्वयसेवकहरुको छनोट गरेको र उनिहरुले समेत अनिबार्यरुपमा एउटा व्यवसाय सञ्चालन गर्नु पर्ने उहाँको भनाई छ ।
कृषकहरुलाई खेती तथा पशुपालनका क्रममा आउने समस्याहरुको समाधान गर्र्ने, सिकाई पाठशाला स्थापना गर्ने, स्थानिय तहको भूमिका खोजीमा सहयोग पु¥याउने, बाताबरण मैत्री कृषि प्रविधीको प्रयोगमा सहयोग पु¥याउने हरित स्वयसेवकहरुको जिम्मेवार रहने उहाँले बताउनुभयो ।
यसैविच ति स्वयसेवकहरुलाई कार्यक्रमको लक्ष्य उदेश्य तथा जिम्मेवारीका बारेमा विज्ञ केन्द्रले घुम्ति बैठक मार्फत जानकारी गराउन थालेको छ । यसैक्रममा घोराही, लमही, बंगलाचुली, राप्ती, राजपुर, गढवा पालिकामा तोकिएका हरित स्वयसेवकहरुलाई घुम्ति बैठक मार्फत प्रशिक्षण दिईएको प्रमुख केसीले बताउनुभयो ।।