२०८१ असार ३१ गते आइतवार

दाङमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते



२७ चैत,घोराही ।
तुलसीपुरमा सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ८ बजे तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीस्थित बिजौरीदेखि तुलसीपुर तर्फ जाँदै गरेको गरेको रा ४ प २०७५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला निवासी ६० वर्षिय बुद्धिराम विक गम्भीर घाइते हुनुभएको छ । घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ ।

त्यस्तै मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ७ धनौरी निवासी २५ वर्षिय राम कुमार घर्ती घाइते हुनुभएको छ । घाइते घर्तीको सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्