२०८१ चैत्र १० गते आइतवार

अस्पतालहरुमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे



२७ चैत,घोराही ।
देशभर बढिरहेको वायु प्रदूषणले खतराको तह पार गर्दा अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन । अस्पतालमा श्वासप्रश्वास सम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण वायु प्रदूषण भएको चिकित्सकहरुको भनाइ छ ।

प्राध्यापक डा. सन्तकुमार दासका अनुसार पछिल्लो समय अस्पतालमा दम र ब्रोङकाइटिसको समस्या लिएर आउनेको संख्या बढ्न थालेको हो । प्रदूषण श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने हुँदा शुरुमा फोक्सो बढी प्रभावित हुन्छ  ।

धेरै मसिना कण फोक्सो हुँदै रगतको माध्यमबाट अन्य अंगमा प्रवेश गर्ने डा दासको भनाइ छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा नीरज बमका अनुसार वायु प्रदूषणले स्वास्थ्यमा तत्काल र दीर्घकालीन रूपमा असर गरिरहेको छ ।

हावामा प्रदूषणको मात्रा बढी हुँदा आँखा चिलाउने, आँखामा संक्रमण हुने, छालामा एलर्जी हुने, श्वासप्रश्वासमा संक्रमण हुने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिएको जनाइएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्