२०८० फाल्गुन ११ गते शुक्रवार

दाङमा एमसिसि विरुद्ध बिरोध प्रदर्शन




२५ फागुन, घोराही –
दाङमा सयुक्त बिद्यार्थी सगंठनले एमसीसी सम्झौताका विरुद्ध य्राली सहित बिरोध सभा सम्पन्न गरेको छ। राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) , नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा बिरोधसभा सम्पन्न गरिएको हो ।

विरोध सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष लक्ष्मन विकले राष्ट्रघाती एमसीसी सम्झौता पास भए पनि कार्यान्वयन हुन नदिनको लागि र पेट्रोलियम मुल्यबृद्धि कम गर्न अझै देशभक्त आमाबुवा , दाजुभाई र विद्यार्धी साथी जाग्रुक भएर सचेत भएर अन्दोलनमा आउन अह्रवान गर्नु भएको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी का केन्द्रिय सचिवलय सदस्य दिपक बिष्ट र नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० निकट अखिल क्रान्तिकारीका फ्यक्सन ईन्चार्ज उदयराज भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्