२०८१ जेष्ठ ३१ गते बिहिवार

बालमैत्री पालिका घोषणाका लागि घोराहीमा संयुुक्त अनुुगमन तीव्र



२५ फागुन,घोराही – घोराही उपमहानगरपालिकालाई फागुुन मसान्तसम्ममा बालमैत्री पालिका घोषणा गर्ने अभियान स्वरुप अहिले अभिमुुखीकरण, सचेतना, अन्तरक्रिया तथा संयुक्त अनुुगमन कार्य अन्तिम चरणमा पुगेको छ ।

बालमैत्री घोषणा गर्नुपूर्व अपनाउनुपर्ने विधि प्रकृया तथा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ ले तय गरेका सबै सूचक पूरा भए नभएको बारेमा विभिन्न वडा पुुगी त्यहाँ रहेको सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालय मार्फत बालमैत्री पालिका घोषणाका लागि हासम्म भएका कार्य प्रगतिको तयारी स्वरुप आज पालिकाका विभिन्न स्थानमा स्थलगत अनुगमन गरिएको छ ।

घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुुख विनोद गौतम, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुुन्द रिजाल, स्वास्थ्य तथा अन्य शाखाका प्रमुख, पत्रकार लगायतको संयुुक्त टोलीले विभिन्न क्षेत्रमा पुगेर त्यहाँका बस्तुुस्थिती र सूचकका बारेमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले घोराही ९ को वडा कार्यालय, स्वास्थ्य संस्था, घोराही ११ को श्री हापुर मावि निघुवार, घोराही १२ को श्री मावि हापुर विजौरी, घोराही १४ स्थित अटो भिलेजमा पुुगेर बालमैत्री स्थानीय शासनको कार्यान्वयन प्रकृयाका बारेमा जानकारी लिँदै आवश्यक सुुझाव पनि दिईएको छ ।

घोराही उपमहानगरपालिकालाई यहि फागुन मसान्त भित्र बालमैत्री घोषणा गर्न अभियान संचालन गरिरहेको छ । वडा घोषणाका लागि नगरपालिकाले अनुगमन गर्नुपर्ने व्यवस्था अनुसार अनुगमन तीव्र पारिएको छ । जसमा सुुधार गर्नुपर्ने विषय सुझावका रुपमा दिँदै सूूचक पूरा गर्न ताकेता गरिएको घोराही उपमहानगरपालिका महिला विकास शाखाकी प्रमुख मोती विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्