२०८० फाल्गुन १२ गते शनिवार

पल शाह प्रकरणमा जथाभाबी बोल्ने हरि उदाशी पक्राउ



२५ फागुन, काठमाडौँ — प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ ।

पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको शेषमती बस्ने निशान सिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्