२०८१ साउन १० गते बिहिवार

श्रमिक महिलाले पत्तो पाएनन् महिला दिवस




२५ फागुन, घोराही –
घोराहीको शहिद उमेशमार्गको नजिक सडक छेउमा बसेर छोरो डोकोमा सुतादै छिन घोराही सुनपुरकी भिमा रोका । उनले १४ महिनाको छोरोलाई संगैको डोकोमा सुताएर ग्राहकलाई फलफूल बेच्दैछिन् । दिनभर सडक पेटिमा बसेर फलफूल बेचेर आफ्ना बालबच्चा परिवार पालिरहेकी रोकालाई न अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ न त कुनै राज्यकाऔपचारिक कार्यक्रम नै । उनले घोराहीका चोकचोक बसीव्यापार गर्न थालेको ६ वर्ष पुरा भैसकेको छ । श्रमानले ट्रक चलाउथे तर कोरोना र गाडि धनीले ट्रक बेचेपछि अहिले उनी वेरोजगार बसेका छन् ।
‘ पहिले श्रमानले ट्रक चालउनु हुन्थ्यो र हामी दुईजनाले कमाएको पैसाले परिवार पाल्न सहज थियो, उनले भनिन,-‘लामो समयसम्म भएको लकडाउनका कारण श्रीमाको जागिर पनि छुट्यो अहिले मैले एकलै कमाएर घरखर्च टोरेकी छु ।’ २ सन्तानकी आमा भइसकेकी भिमा दिनभर फलपूmल बेचेर साँझबिहानको छाकको जोहो गर्छिन् । नारी दिवसको सम्बन्धमा कताकतै सुनेजस्तो लागे पनियसबारे उनले केही भेउ पाउँदिनन् । ‘कामनगरी खानपुग्दैन, दिवससिवस हामीलाई केहीथाहा छैन,- भिमाले भनिन्, ‘गरिबलाई केको दिवस ? खै, कहाँ छ नारी दिवस ? हामीलाई यसबारे केहीथाहा छैन ।’बाध्यताले गर्दा कामगर्न परेको उनको गुनासो थियो । ‘जे दिवस आएपनि हामीलाई केही हुँदैन ?’ संगैको छोरालाई काखमा राख्दै उनले थपिन् ।

भिमा मात्र होइन, घोराही १५ माकोठाभाडमा बस्दै आएकी शरिता क्षेत्री पनि दिनभर फलपूmल बेच्नमै व्यस्त हुन्छिन्। शरितालाई कुनै दिवस र समारोहको पत्तै हुँदैन । आफ्नो हकअधिकारको पक्षमाकुन ठाउँमा के भइरहेको छभन्ने उनले कहिल्यै थाहापाइनन ्। उनलाई आफूले कसरी पैसाको जोहो गरि खाना पु¥याउन सकिन्छ भन्ने मात्र जानकारी छ । दिनभरी धुलोधुवा उड्ने सडकको छेउमा बसेर दैनिक १५ सय देखि २ हजार सम्मको फलपूmबिक्रीगर्ने गरेको उनले बताइन् ।
उनले भनिन– ‘मलाई मेरो परिवार कसरी पालौंभन्ने चिन्ता छ कुनै दिवसबारे मलाई थाहै छैन।’घोराही–१४की रत्ना खत्रीले महिला दिवस भनेर नारा जुलुस गरेको मात्र थाहापाएको तर महिला दिवस किन र कसरी मनाइन्छ थाहा नभएको बताइन् । भिमा रोका, शरिता क्षेत्री र रत्नाखत्री त प्रतिनिधिपात्र मात्रहुन् ।

दिनभर श्रम गरेर साँझबिहानको छाक टार्न धौ धौ हुने महिलाका लागि महिला दिवसको पत्तो छैन। नारी दिवसका लागि विभिन्न र्याली, सभा र समारोह आयोजना गरेर बजेट खर्च गरिन्छ । तर, साँच्चिकै श्रम गरेर गुजारा चलाइरहेका महिलाको समस्या ज्युँका त्युँ छन्।
दिनभर ज्याला गरेर साँझबिहान छाक टार्न बाध्य महिलालाई नारी दिवसको महत्व तथा नारी दिवस केका लागि हो भन्ने कुरा समेत थाहा नभएको महिलाहरू नै बताउँछन् । मंगलबार दाङ जिल्लाका सबै स्थानीय तहमा नारी दिवस भव्य रूपमा मनाइएको भनिएतापनि विभिन्न र्याली र औपचारिक कार्यक्रममा मात्र सीमित देखिएको स्थानीयले बताएका छन्।

दिनभरको ज्यालामजदुरी गरेर छाक टार्न धौधौ हुने महिलाहरूको समस्या र उनीहरूको पीडाका बारेमा कसैको ध्याननपुगेको गुनासो स्थानीय स्तरमा छ । समानकामको समान ज्याला व्यवहारमा कार्यान्वयन नभएको महिलाका पीडा छन् । नारी दिवसको दिन औपचारिक कार्यक्रम गरेर मात्रनारीको समस्या समाधान नहुने भएकाले विद्यमान महिला माथि हुने गरेका हिंसा र विभेदलाई अन्त्य गर्न सरोकारवालानिकायहरू जुट्नुपर्नेमा महिला मानव अधिकार रक्षक दाङकी अध्यक्ष शुसिलापौडेलको भनाइ छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्