२५ फागुन,घोराही –
दाङको देउखुरीमा कार र बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय मोटरसाइकल चालक नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मंगलबार राती पौने ९ बजेको समयमा लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकल र भालुवाङ देखि लमही तर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिसी गम्भीर घाइते भएका थिए उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
मृतकको शव अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेको र फरार चालकको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।।