२०८१ चैत्र १० गते आइतवार

लागु औषध र नगद सहित दाङमा एकजना पक्राउ



२५ फागुन,दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लागु औषध ब्राउन सुगर र नगद सहित एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल लमहि नगरपालिका वडा नम्बर ७ कप्तानगंज डेरा लिई बस्ने वर्ष २३ को शम्शाद राजा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

हिजो साढे १ बजेको समयमा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा उहाँको साथबाट ४ ग्राम ३६० मिलिग्राम लागुऔषध, दुईलाख प्रतालिस हजार नगद र बिना बिल ल्याइएको ४४ थान कपडा बरामद गरेको रिजालले जनाकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्