२०८१ माघ १२ गते शनिवार

सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु



२६ माघ,सल्यान –
सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ टाकुरा निवासी अन्दाजी ४० वर्षीय शोभाराम कामीको मृत्यु भएको हो ।

सोमबार कामको सिलसिलामा सोही गाउँपालिकाको वडा नम्बर १ कागखोलामा गएका उनी घर फर्किने क्रममा घरेलीडाँडा जङ्गलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्थानीयले बुधवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्