२०८१ मङ्सिर २५ गते मङ्गलवार

घोराहीमै खानेपानीको समस्या, एक घण्टा हिँड्नुपर्ने बाध्यता



२६ माघ,घोराही –
घोराही उपमहानगरपालिका वडा नम्बर १८ र १९ का स्थानीयहरुले खानेपानीको समस्या भोग्दै आएका छन् । वडाको खोलीगाउँ, हात्तीखर्क, जोगीडाडाँ लगाएत गाउँका स्थानीयहरुले खानेपानीको समस्या भोग्दै आएका हुन् ।

करिब १६ देखि २० घरसम्म बसोवास गर्ने हात्र्तीखर्कवासीले एक गाग्री खानेपानीकै लागि दैनिक एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय समीक्षा बुढामगरले जानकारी दिनुभएको छ ।

त्यहाँ पानी नहुँदा खाने, पकाउने, नुहाउनेदेखि घरमा गाईभैसी पाल्न समेत समस्या हुने गरेको छ । यस्तै घोराही –१९ अन्तर्गत रहेको खोलीगाउँका करिब ३०÷३५ घर परिवारले पानीको समस्या बर्सेनी भोग्ने गरेका छन् ।

उनीहरुले पानी नहुँदा पिउने, पकाउने, नुहाउने मात्र होइन गाउँमा केही व्यवसाय गर्न समेत सकेका छैनन् । घोराही बजारदेखि नजिकैको बस्ती हात्तीखर्क भए पनि स्थानीयले खानेपानीको भरपर्दाे व्यवस्था नभएको गुनासोगर्दै आएका छन् ।।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्