२०८१ माघ ४ गते शुक्रवार

दंगीशरणमा पशुस्वास्थ्य सामग्री वितरण



२६ माघ,दंगीशरण-दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँगाउँ पशु सेवा विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम प्रभावकारी तरीकाले संचालन गर्न समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउँनुभएको छ । कुनै पनि नागरीक पशु सेवा नपाएको भन्ने गुनासो आफुकहाँ नआउँने किसीमले सेवामा खटिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कुनै पनि तरीकाबाट सेवा लिन वञ्चित रहेकाहरुलाई सुचना मार्फन जानकारी गराई सेवा अगाडि बढाउँनुपर्ने भन्दै अवका दिनमा पशु कृषकहरु गाउँपालिकाबार्ट लाभ लिन सक्ने गरि वातावरण मिलाउँनुपर्ने कुरामा जोड दिनुभयो । मंगलवार सामुदायीक कुषि तथा भेटनरी उधमीलाई पशुस्वास्थ्य सनमग्री वितरण कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताउँनुभयो ।

पशु स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्धेश्यले विभीन्न पशु स्वास्थ्य सामग्री वितरण गरेको भन्दै हरेक वडामा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई खटाईएको बताउँनुभयो । पशु सेवा शाखा र पशु स्वास्थय कार्यकर्ताहरु एक आपसमा समन्वयकारी भूमिका निर्वाह गरी नागरीकहरुको घरघरमा सेवा दिन निर्देशन दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष पिमा कुमारी खड्काले पशु स्वास्थ्य सामग्रीलाई थन्काउँने भन्दा पनि प्रयोग ल्याई सदुपयोग गर्नुपर्ने बताउँनुभयो । दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थीक तथा प्राविधिक सहयोगमा र समाजमा वातावरणिय शिक्षाको विकास सीडको आयोजनामा आज गाउँपालिकाका ७ वर्ट वडा र पशु सेवा शाखालाई आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले पशुस्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

माईक्रोस्कोप मनोकुलर ७ वटा वडालाई , १ र ४ नम्बर वडालाई १÷१ वटा ट्याग मेसीन, वडा नम्बर २, ५ र ७ का ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई ३० हजार बराबरको भेटनरी स्थापनाका लागि पशु औषधि वितरण, पशु सेवा शाखा र ७ वटा वडाका गाउँपालिका स्वास्थ्य कार्यकर्तालाई पोष्टर १÷१ वटा गरि ८ वटा पम्प्लेट वितरण गरिएको हो ।

वितरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा न।३ का छोटिराम चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष दिपक गौतम, हेफरका कार्यक्रम अधिकृत महेश कुमार आचार्य उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण हेफर दंगीशरण गाउँपालिका संयोजक गोमा भट्राईले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्