२०८१ माघ ४ गते शुक्रवार

पश्चिमी वायुकाे प्रभाव फेरि बढ्याे, आज देशैभर बदली र वर्षा हुने



२६ माघ,घोराही- सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसका साथै बागमती तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागलगायत बाँकी पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीलगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।

पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको पनि सम्भावना रहेकाे छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्