२०८१ माघ २६ गते शनिवार

कला सस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण



 

२७ माघ , देउखुरी दाङ।
कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुराउन राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ ।
वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समुह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

मंगलवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो ।
दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको नौमती बाजा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, ईन्जिनियर अशोक बेल्वासे लगायतको सहभागिता रहेको थियो ।

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो ।
पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्