२५ पुस, घोराही – तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको तुलसीपुरक्षेत्र शान्त बनेको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्युभएपछि बिरोधमा उत्रिएका पडित पक्षसँग निरन्तर चलेको छलफलले चालक माथि कारबाही र उचित क्षतिपुर्तिको सहमति भएपछि बिरोध टुँगिएको हो ।
मृतकको परिवारलाई क्षतिपुर्ती बाफ अतिरिक्त दुई लाख दिने र उनकी छोरीलाई कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रालिले जिम्मा लिएपछि वातामा सहमति कायम भएको बताईउको छ ।
बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । पैदल हिडिरहेकी मगरलाई बाटो पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो ।
त्यसको बिरोधमा दोषी चालक माथि कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै आक्रोसित स्थानीय इप्रका तुलसीपुर घेराउन गर्न पुगेका थिए । त्यसपछि बिहान १० बजेपछि बाट पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल सुरु भएको थियो । दुर्घटना लगतै बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वलीलाई भने प्रहरी नियनन्त्रणमा लिइ सकेको थियो ।।