२०८१ माघ ४ गते शुक्रवार

होटल तथा डेरी व्यवसायीहरुलाई अभिमुखिकरण



२५ पुस, घोराही –
घोराही उपमहानगरपालिकाले जारी राखेको पूर्ण सरसफाई अभियान अन्तरगत आज होटल तथा डेरी व्यवसायीहरुलाई अभिमुुखिकरण गरिएको छ । सरसफाई व्यवस्थापन शाखाको आयोजनामा ति व्यवसायीहरुलाई सरसफाईका बारेमा अभिमुुखिकरण गरिएको हो ।

होटल तथा डेरी व्यवसाय उपभोक्ताहरुको स्वास्थ्य अधिकार सँग जोडिएको भन्दै शाखा प्रमुख लक्ष्मण अधिकारीले शुुद्धताको आबस्यकतामा जोड दिनुभयो ।

व्यवसायीको सानो हेलचेक्राँईले जनस्वास्थ्यमा ठूलो असर पर्ने भन्दै उहाँले सरसफाईमा निरन्तरता ल्याउन अभिमुखिकरण कार्यक्रम गरिएको उहाँको भनाई छ ।

होटल तथा पसलहरु अनिवार्यरुपमा पूर्ण सरसफाई युुक्त हुनुपर्ने भएकाले व्यवसायीहरुलाई जानकारी गराउने र उपभोक्ता अधिकारलाई सुरक्षित गर्ने योजना अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार सुदर्शन रिजालले सरसफाई व्यक्तिबाट सुुरु हुने बताउनुुभयो । फोहोर कै कारण विभिन्न स्वास्थ्य समस्या आउने भन्दै व्यवसायलाई सुरक्षित र सफा बनाउन आबस्यक हुने बताउनुभयो । सरसफाई नै स्वास्थ्य र आर्थिक सँग जोडिएको विषय भएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्