२५ पुस, घोराही – लक्ष्मीपुर युवा क्लबको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर ४ को सहयोगमा भएको दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मीपुर युवा क्लवले जितेको छ ।
शनिवार भएको फाइनल खेलमा लक्ष्मीपुर युवा क्लबले सार्थक युबा क्लव बिलाई ४-१ गोलले पराजित गरेको हो । बिजेता बनेको लक्ष्मीपुर युवा क्लवले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । उपबिजेता बनेको सार्थक युवा क्लव १२ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बझुाएको हो ।
लक्ष्मीपुर युवा क्लब अध्यक्ष पंकज आचार्यको अध्यक्षता एव वडा अध्यक्ष भीमबहादुर सार्कीको प्रमुख अतिथिमा कार्यक्रम भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्यसँगै देशको गहणका रुपमा रहेको खेलकुदको विकासका लागि स्थानीय स्तरमा खेलकुदका नियमित कार्यक्रमहरु हुन आवश्यक रहेको बताएका थिए ।
वडा सदस्य रचनी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य लिला गोतामे, फुटबल खेल सयोजक हिमाल पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष आचार्यले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी दाता, खेलाडी तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण क्लवका सहसचिव खेमराज भण्डारीले गरेका थिए ।