२०८१ चैत्र ११ गते सोमवार

दाङ महिला जेसीजको १२ औँ पद हस्तान्तरण



२५ पुस,घोराही ।
दाङ महिला जेसीजको १२ औँ पद हस्तान्तरण कार्यक्रम भएको छ । जेसीजले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि बर्ष २०२० का अध्यक्ष जीवा भुसालले बर्ष २०२१ का नव नियुक्त अध्यक्ष ममता विष्टको नेतृत्वलाई पद हस्तान्तरण गर्नुभएको हो ।

निवर्तमान अध्यक्ष जीवा भुसालको अध्यक्षता एवं नेपाल जेसीजका कार्यकारीणि उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यकारीणि उपाध्यक्ष श्रेष्ठले दाङ महिला जेसीजलाई सृजनशिल बनाएर अघि बढाउन शुभकामना दिनुभयो । नयाँ नेतृत्वले सृजनशिलता, कुशलता प्रदान गर्दै समाज विकासमा अघि बढ्न समेत उहाँले सुझाब दिनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कल्पना पाण्डे, महासचिब विकास मानन्धर लगाएतका बक्ताहरुले जेसीजलाई समाजिक रुपान्तरणको सारथी बनाउनेमा आशा व्यक्त गर्नुभयो । न्यायपूर्ण र समतामूलक समाज निर्माणमा अबको नेतृत्वले भूमिका खेल्नु पर्ने उहाँहरुको भनाई छ ।।

 

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्