२०८१ मङ्सिर १६ गते आइतवार

कोरोना खोपहरुले पनि ओमिक्रोन विरुद्ध काम गर्छ: डब्लूएचओ



 २२ मंसिर,घोराही –
विश्व स्वास्थ्य संगठनले हाल कोरोना भाइरस विरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोरोनाबाट बचाउने बताएको छ । संगठनका चिकित्सक डा. माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता रहेको छ । प्रारम्भिक तथ्यांकअनुसार ओमिक्रोनलले डेल्टा वा अन्य भेरिएन्टभन्दा धेरै गम्भीर बनाउँछ भन्ने नदेखिएको उहाँको भनाई छ । यद्यपि दक्षिण अफ्रिकामा गरिएको एक नयाँ अध्ययनअनुसार फाइजर खोप कोरोनाभाइरसको सुरुको स्ट्रेनभन्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी रहेको दाबी गरिएको छ ।

ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने संगठनले बताएको छ । यसैविच कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।

आज विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भनेर भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ ।

त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले समेत हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ । तर ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्