२२ मंसिर,घोराही –
घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले द्धन्द पिडीतहरुको निशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले द्धन्दपिडीतहरुको स्वास्थ्य बीमाको कार्यक्रम सुरुवात गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका १७ का अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं नगर प्रमख चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनयुद्ध, जनआन्दोलनका सहिद, बेपत्ता, घाईते परिवारकालागी निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात भएको हो ।
नगर प्रमुख चौधरीले नगर भित्रका सम्पूर्ण द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमा गराउने योजना रहेको जानकारी दिनुभयो । वडा अध्यक्ष खुशीराम चौधरीले हरेक बर्ष द्धन्दपिडीतहरुकालागी विभिन्न कार्यक्रमहरु गर्दै आएको र यो चालु आर्थिक वर्षमा द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको बताउनुभयो ।।