२२ मंसिर,घोराही-
दाङमा मालागेडीको उत्पादन घट्दा मूल्य भने बढेको छ । आठ वर्षअघि प्रति क्वीन्टल आठ हजार रुपैयाँमा बिक्री हुने मालागेडीको बजार भाउ अहिले प्रति क्वीन्टल पचास हजार रुपैयाँ पुगेको छ ।
प्रत्येक वर्ष दुई सयदेखि तीन सय क्वीन्टलसम्म मालागेडी दाङको छिल्लीकोट क्षेत्रबाट बिक्री हुुदै आएको तर अहिले पन्ध्र क्वीन्टल मात्रै उत्पादन भएको छ ।
किसान परवीर पुनका अनुसार गत वर्षमात्रै उहाँले चार क्वीन्टल मालागेडी बिक्री गर्नुभएको थियो ।
यो वर्ष भने ७५ किलो मात्रै संकलन गरेको बताउनुुभएको छ । अर्का किसान पलबहादुर खड्काले पोहोर साल तीन क्वीन्टल घरबाटै बेचेको र यो वर्ष मुस्किलले १५ किलो मात्रै हुने बताउनुभयो ।।