२२ मंसिर,घोराही –
लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले कला, साहित्य र संस्कृतीको संरक्षण गर्न विशाल संगित गृहको योजना परिकल्पना गरेको बताउनुभएको छ । उत्सर्ग संगित अवार्ड वितरण कार्यक्रमलाई आज घोराहीमा सम्बोधन गर्दै उहाँले प्रदेश सरकार कला, साहित्य र संस्कृतीको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसका लागि विशाल संगित गृहको स्थापना गर्ने सोचमा आफुहरु रहेको उल्लेख गर्नुभएको हो । साथै कलाकारहरुको हित र संरक्षणमा कोषको समेत स्थापना गर्ने उहाँको भनाई छ ।
पहल नेपाल र उत्सर्ग कला केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेशका सभामुुख पूर्णबहादुर घर्तीले कला संस्कृती देशको सम्पत्ती भएको बताउनुभयो । प्रदेश सरकारले घोराहीको घोडदौरामा नाच घर पनि प्रदेशकै गहना भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गित संगित र कला साहित्यमा लागेका दुुई दर्जन बढी स्रष्टाहरुलाई सम्मान गरिएको छ । उत्सर्ग कला केन्द्रका संयोजक केएल पिडितको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका बक्ताहरुले कला संस्कृतीको संरक्षणमा राज्यको भुमिका अहम हुने बताएका छन् ।।