२०८१ चैत्र १३ गते बुधवार

नेपाल महिला सामुदायिकद्वारा संस्थापक अध्यक्षलाई सम्मान



२३ मंसीर।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाका संस्थापक अध्यक्ष विमला योगीलाई स्वागत तथा सम्मान गरेको छ । केन्द्रले महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र जाल्पा लघुवित्त वित्तीय संस्थाविच भएको मर्जर पश्चात पदोन्नती हुनुभएका संस्थापक अध्यक्ष, संस्थापक कोषाध्यक्ष र अन्य कर्मचारीहरुलाई बधाईका साथ मंगलवार सम्मान गरेको हो ।
मर्जरसँगै भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको प्रमुख कार्यकारी अधिकृत विमला योगी, वरिष्ठ मुख्य व्यवस्थापक शारदा शर्मा, मुख्य व्यवस्थापक पवन योगी, मुख्य व्यवस्थापक लोकमणी रेग्मी, वरिष्ठ प्रवन्धक सुरज शर्मा, वरिष्ठ अधिकृत दामोदर खनाल लगायतलाई सम्मान गरेको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत विमला योगीले मर्जरसँगै लुम्बीनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका २० जिल्लामा ५५ शाखा र १० वटा संकलन केन्द्रबाट सेवा प्रदान गर्ने बताउनुभयो । हाल लघुवित्तमा ८२ हजार सदस्यहरु रहेको पनि योगीले जानकारी दिनुभयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले लघुवित्त कार्यक्रमबाट सुरु गरेर महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड स्थापना गरेर हाल राष्ट्रिय कारोबार गर्न सक्षम बनाएको स्मरण गर्दै देशभरकै उत्कृष्ट लघुवित्त संस्थाको रुपमा कारोबार गर्ने योजनामा रहेको योगीले बताउनुभयो । उहाँले हालसम्म सञ्चालक समिति लगायत कर्मचारीहरुको मेहनत र लगनशीलताले संस्थालाई सफल बनाउदै लगेकाले आगामी दिनमा पनि सम्पूर्ण क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष देवा जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शिवा योगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्