२०८२ बैशाख १२ गते बिहिवार

बझाङ्गमा भिरबाट लडेर एक जनाको मृत्यु



२३ मंसिर ।
बझाङ्ग जिल्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका- ७ जालिङ्गका ५५ बर्षिय कलक बिष्ट रहेको  इलाका प्रहरी बुङ्गलले जनाएको छ।
स्थानिय पछेडी गाउमा रहेकी आफनि छोरीलाई भेटेर घर फर्कने क्रममा बाटोबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले जानकारी दिनु भयो।
गत २१ गते अफ्नो घरबाट छोरिको घर गएका र फर्कने क्रममा बाटोबाट करिब ६५ मिटर तल लडेर मृत्यु भएको जनाइएको छ। उनी छोरी घरबाट हिडेर आफ्नो घर नपुगेपछि परिवारका सदस्य लगायत स्थानिय मिलेर खोजी गरेका थिए। गाउलेहरुले उनको शव दोस्रो दिन २२ गते दिउँसोतिर भेटेपछि जानकारी गरेको इलाका प्रहरी कार्यलय बुङ्गलले जानकारि दिनु भयो। ठूलोचौर जाने बाटोबाट करिब ६५ मिटर तल लडेपछी टाउकोमा गम्भीर चोट लागेपछी उहाको मृत्युु भएको प्रहरिले जानकारी दिनु भयो।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्