२०८२ बैशाख १० गते मङ्गलवार

प्रा वि लिथानको लापरवाही, शिक्षक बिहेमा विद्यार्थी चौरमा



२३ मंसिर । घोराही उपमहानगरपालिका वडा नं १९ लिथानमा रहेको श्री राष्ट्रिय प्राथमीक विद्यालयमा लापरबाही देखिएको छ । उक्त बिद्यालयमा बिद्यार्थीहरु आए पनि शिक्षकहरु पूर्ण रुपमा उपस्थित नभएको पाइएको छ । कोही शिक्षक आज आए भोलि नआउने गरेको अभिभावकहरुको गुनासो रहेको छ । सोमबार आफ्नो बच्चा विद्यालयमा छोड्न जाँदा बिद्यालयमा एक जना शिक्षकले नै बहुकक्षा शिक्षण गरेको एक अभिभावकले बताए ।

३ दरबन्दी र एक बाल विकास सहयोगी कर्मचारी हुदा पनि कहिले काँहि आफु एक जनाले मात्र बिद्यालयमा पढाउनु परेको शिक्षिका शिमा वलीले बताइन । उनका अनुसार प्रध्यानाध्यापक कार्यालयकै काममा रहेको र एक जना शिक्षक र बालविकासका सहयोगी शिक्षिका आफ्नो मान्छेको बिवाहमा जानको लागि विदा लिएको जानकारी दिए । विद्यालयका प्रध्यानाध्यापक नेम बहादुर घर्तिले भने विदाको विषयमा आफुलाई एक शिक्षकले जानकारी गराए पनि अरुबाट त्यस्तो जानकारी नभएको बताए । अहिले उक्त विद्यालय बिहान १० बजे खुल्ने र दिउँसो २ बजे बन्द हुने गरेको अभिभावकहरुले बताएका छन  ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्