२३ मंसिर । नेत्रविक्रम चन्द समूहले मोरङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ । मिक्लाजुङ गाउँपालिका एक बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज विहान गोली हानी गरिएको हो ।
श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन । उनलाई घरबाट अपहरण गरेर बर्खे जंगलमा लगेर हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । विहान सवा छ बजेतिर अपहरणमा परेका श्रेष्ठको घरदेखि ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको टाउकोमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्ननको खोजी भैरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।