२२ कात्तिक, घोराही –
तुलसीपुरका २१ बर्षीय टोपबहादुर पुन मगरको हत्या आरोपी मध्य एकजना पक्राउ परेका छन । स्थानीय १८ वर्षिय रेशम थापालाई लुकिछिपी बसेको अवस्थामा गाउँघरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो ।
तिहारको दिन राति तीन युवाको धारिलो हतियार र लाठी प्रहारबाट मगरको साथमा रहेका सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते रहेका छन् । उनको छिमेकी देश भारतमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
उनीहरुमाथि पुरानो रिसिबीका कारण तुलसीपुर ४ कै २० बर्षीय खिमबहादुर मगर, २१ बर्षीय विनय मगर र १८ बर्षीय रेशम थापाले लाठी र धारिलो हतियार प्रहार गरेको डिएसपी अर्यालले बताउनुभयो । आरोपित तीन जना मध्य एक जना थापा मात्रै पक्राउ परेका छन् । अन्य दुई जना अझैं फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी अर्यालले जानकारी दिनुभयो ।।