२३ कार्तिक । केन्द्रका अनुसार हाल जिल्लाका दश स्थानीय तहमा ५ सय ६९ जना कोरोना संक्रमितहरु रहेका छन् । उनीहरुमध्ये २ सय २९ जना पुरुष र ९१ जना महिला गरी घोराहीमा ३ सय २० जना, एक सय ६ जना पुरुष र २३ जना महिला गरी तुलसीपुरमा १ सय २९ जना, ५७ जना पुरुष र १६ जना महिला गरी लमहीमा ७३ जना, १७ जना पुरुष र ३ जना महिला गरी राप्तीमा २ जना, ९ जना पुरुष र एकजना महिला गरी शान्तिनगरमा १० जनामा उपचाररत छन् ।
त्यस्तै ५ जना पुरुष र २ जना महिला गरी गढवामा ७ जना, दंगीशरणमा ४ जना पुरुष, २ जना महिला र एकजना पुरुष गरी बबईमा ३ जना र राजपुरमा एकजना रहेका छन् । संक्रमितमध्ये कोरोना विशेष अस्पतालमा बेलुझण्डीमा २० जना, कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा १७ उपचाररत रहेका छन् भने ५ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनका रुपमा घरमै बसेका छन् ।