२३ कार्तिक । दाङमा करिब १५ सय बढी संक्रमित उपचारपछि कोरोनामुक्त भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सोमबारसम्म जिल्लाका २ हजार १ सय १९ जना कोरोना संक्रमितमध्ये १ हजार ५ सय ५२ जना कोरोनामुक्त भएका छन् । केन्द्रका अनुसार घोराहीमा ८ सय ९३ जना संक्रमितमध्ये ५ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी तुलसीपुरमा ४ सय ८६ जनामध्ये ३ सय ४० जना, लमहीमा २ सय २१ जनामध्ये १ सय ४७ जना, बंगलाचुलीमा १ सय ६१ जनामध्ये १ सय ६० जना, शान्तिनगरमा ९५ जना संक्रमित मध्य ८५ जना, राप्तीमा ८१ जना मध्य ६१ जना,बबईमा ६९ जनामध्ये ६५ जना, गढवामा ६१ जना संक्रमित मध्य ५४ जना, राजपुरमा ३५ जना संक्रमित मध्य ३४ जना र दंगीशरणमा १६ जना कोरोना संक्रमितमध्ये १२ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोना मुक्त हुनेमा १ हजार २ सय ६ जना पुरुष रहेका छन् भने ३ सय ४१ जना महिलाहरु रहेका छन् ।