२०८१ चैत्र ६ गते बुधवार

रोल्पाका एक कोरोना संक्रमित पुरुषको मृत्यु



२३ कार्तिक । रोल्पाका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार रोल्पाको लिवाङ नगरपालिका(४ का ५६ वर्षीय पुरूषको शनिबार मध्यराति १२ः१० बजे मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या देखापरेपछि रेउघा अस्पतालमा स्वस्थ्य परीक्षण गरिएकेमा थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । कोरोना संक्रमणको आशँकामा कात्तिक १४ गते गरिएको परीक्षणमा त्यसेका भोलिपल्ट रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएको भोलिपल्ट कात्तिक १६ गते उनलाई भेरी अस्पतालको कोभिड कक्षमा भर्ना गरिएको थियो । भेरी अस्पतालमा अक्सिजन सपोर्ट दिएर उनलाई उपचार थालिए पनि शनिबार मध्यराति १२ः१० मा उनको मृत्यु भएको श्रेष्ठले बताए । पारिवारीक स्रोतका अनुसार उनी विगत एक महिनादेखि जन्डिस रोगबाट समेत ग्रसित थिइन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्