२३ कार्तिक । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा दाङका दुई जनासहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालले जारी गरेको सूचनामा दाङका कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ की ७५ वर्षीया एक र गढवा गाउँपालिका वडा नम्बर ९ की ५७ वर्षीया एक महिला गरी दुई जना रहेका छन् । यस्तै अन्य कोरोना पुष्टि हुनेमा बाँकेका ८ जना र बर्दियाका २ जना रहेका छन् । वितेको २४ घण्टामा ६२ जनाको पिसिआर विधिद्धारा परिक्षण गर्दा १२ जानामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार