२०८१ चैत्र १३ गते बुधवार

केकी अधिकारी नयाँ चलचित्रको निर्माण तयारीमा



२३ कात्तिक । कोहलपुर एक्प्रेस चलचित्र निर्माण गरेकी अभिनेत्री केकी अधिकारी यतीबेला अर्को नयाँ चलचित्रको निर्माण तयारीमा छिन् । उनको पहिलो निर्माण चलचित्र कोहलपुर एक्प्रेसले त्यतिराम्रो व्यापार गर्न सकेन ।

सो फिल्मलाई दक्षिण भारतीय फिल्म मुम्बई एक्प्रेसको कथा चोरेर बनाएको आरोप पनि लाग्यो । तर यसपटक त्यस्तो आरोप नलाग्ने कथन यी नायिकाको छ ।

उनको नयाँ फिल्मको कलाकार चयन कार्य सुरु भएको छ । यसपछि यो फिल्मको करिब दुई महिना वर्कसप गर्ने र त्यसपछि छायाँकन सुरु गर्ने केकीले बताएकी छिन् ।

तथापि यी अभिनेत्रीको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ गत वर्ष सुपरहिट भएपछि उनी नयाँ फिल्म निर्माणमा उत्साहित भएकी हुन् । उनको नयाँ फिल्म परदेशी २ को पनि बाँकी छायाँकन तिहारपछिबाट हुँदैछ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्