सानै देखि बाआमाको इच्छा म मास्टर बनोस् भन्ने थियो । म सानोमा छँदा गाउँघरमा शिक्षकलाई खुबै मान गरिन्थ्यो । अहिले पनि म मेरा गुरु र गुरुआमाप्रति उतिकै श्रद्धा गर्दछु । शिक्षक भन्न बितिकै समाजमा पढेलेखेका सबै कुरामा निपुण व्याक्तिको रूपमा हेर्ने चलन अहिले पनि छ । शिक्षक समाजसँग निकट भएकाले त्यस्तो दृष्टिकोणबाट हेर्नू स्वभाविक नै मान्न सकिन्छ । आज भन्दा झन्डै तीस वर्ष अघि शिक्षकप्रतिको दृष्टिकोण कस्तो थियो होला रु त्यतिबेला तराईतिर हालको मधेस प्रदेशका सर्लाही , सप्तरी र सिराहा जिल्लाबाट कर्णाली चिसापानी बाट सुर्खेतको कुइने , गुटु ,जङ्गलघाट हुँदै हटारु हिड्ने बाटो करिब चारदिनको कठिन यात्रा गर्दै गुरुहरु अछाम पुग्नु हुन्थ्यो । मेरो घरमा एकजना सप्तरी जिल्लाका चौधरी थरका गुरु बस्नु हुन्थ्यो । मैले क ख रा देखी प्राथमिक तहको शिक्षा उहाँबाट प्राप्त गरेको थिए । उहाँले कतिपटक चिउरा र कर्णालीको पानी खाएर हिडेको तितो अनुभव सुनाउनु हुन्थ्यो । त्यो बेलाको कर्णालीका जुम्ला , हुम्ला , मुगु र डोल्पा र सेतीका बझाङ , बाजुर र अछामको शिक्षाको अवस्था कस्तो थियो होला रु म कल्पना पनि गर्न सक्दैन । म पनि शिक्षक बनेर दुर्गम गाउँमा पुग्ने त्यहाँका बालबालिकालाई शिक्षाको सुनौलो घामबाट ज्ञानको नयाँ किरण थप्ने उत्प्रेरणाका स्रोत आदरणीय गुरु कमल देब चौधरीलाई शिर निहुराएर नमन गर्न चाहान्छु ।
मेरो गुरुको उत्प्रेणा शिक्षक बन्ने म भित्रको हुटहुटीले मैले त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट नेपाली विषयमा स्नातकोत्तर पास गरे । आफू अध्ययन गर्दै गर्दा सहरतिर संस्थागत विद्यालय र निजि कलेजमा अध्यापन गरे मलाई सहरतिर बसेर अध्यापन गर्नु भन्दापनि नेपालका दुर्गम जिल्ला कर्णालीका जुम्ला , हुम्ला , मुगु , डोल्पा र सुदुरपश्चिमका अछाम , बझाङ र बाजुरा जिल्लामा शिक्षक बनेर काम गर्ने अवसरको खोजिमा थिए । कुरा वि।स २०७७ सालको हो त्यसैबेला कर्णाली प्रदेश मुगु जिल्ला मुगुमकार्मारिङ गाउँपालिकाको श्री बुद्ध नमुना माध्यमिक विद्यालयमा साबिक उमावि र हालको माध्यमिक तह नेपाली विषयमा कक्षा ११ र १२ को अनुदान कोटामा विज्ञापन भएको मेरा एकजना साथीले जानकारी गर्नु भयो । मलाई के खोज्छ कानु आँखा भने जस्तै भयो । त्यतिबेला विश्वभर कोरनाका कारणले जनजीवन प्रभावित थियो । एक ठाउँबाट अर्को ठाउँ जानका लागि हिडडुल र सवार प्रतिबन्ध नै थियो । मैले आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र विद्यालयको मेल र प्रधानाध्यापकको मेल दुबै ठाउँमा पठाए । बर्षादका कारण मेरा लागि मुगु पुग्न त्यति सहज थिएन अर्को समस्या कोरना कारणले नेपाल सरकारले एक ठाउँबाट अर्को ठाउँ जान प्रतिबद्ध नै लगाएको थियो यति अत्यावश्यक कामका लागि जानुपर्ने भए जिल्ला प्रशासनको पास बनाउनु चाहिँन्थ्यो । मैले पनि जिल्ला प्रशासन अछामबाट मुगु जानका लागि पास बनाए ।
यातायात बन्द भएकाले मेरो दाइको छोरो र म मोटरसाइकलको यात्रा साउन सत्र गते बिहान ६ बजे मुगुको लागि हिड्यौ । अछामको विनायकबाट मध्यपहाडी राजमार्ग तेह्र किमि छिचोल्दै बेलखेत कर्णाली नदिको बेलिबृज तरेर कर्णाली राजमार्ग जोडियौँ । मुगु जानेबटो र भूगोलको बारे अनभिज्ञ थियौ । सिमसिम झरी हिलाम्मे कर्णाली राजमार्ग कष्टकर यात्रा आज सम्झदा आङ नै सिरिङ हुन्छ । कर्णाली राजमार्गलाई अहिले पनि मृत्यु राजमार्गका रुपमा चित्रत गरिन्छ्न । हामी दैलेख र कालिकोटको सिमाना नपुग्दै दहिखोलामा ठूलो पहिरोमा झन्डै सात घन्टा रोकियौँ । डोजरले बाटो पन्छ्याउदै गर्दा पहिरो रोकिएको थिएन सडक विभाग र सुरक्षाकर्मीको अथक प्रयासले मान्छे हिड्न मिल्ने बाटो बन्यो ।
हामी भन्दा अघि दुईओटा मोटरसाइकल पार गरिसकेकोले मोटरसाइकल पार गर्दैगर्दा झन्डै पहिरोले पुरेन बल्लतल्ल अन्य मानिसको सहयोगले पहिरो पार गरियो । मोटरसाइकल धकेल्दा हिलो छ्यापेर मान्छे नचिन्ने अवस्थामा पुगेको रहेछु । मनमा झन डर लाग्न थाल्यो अझै कति पहिरो र खोलानला पार गर्नु पर्ने हो सोचेर एक पटक मन आत्तियो १ हिमा र तिला नदी मिसिएर बनेको शेरिघाट तरेर माथी सर्प सिढी जस्तै बाटो चढेर कालिकोटको सदरमुकाम मान्मा बजार पुग्दा चार बजिसकेको थियो बल्ल केही नास्ता गर्यौँ । त्यतिबेला दिउँसोको साढेचार भएको थियो ।
झरी बन्द हुने छाँट्काट थिएन । पिलि बजार हुँदै साढे सातमा नाग्मबार पुगियो । घरबाट हिडेदेखी केही संचार सम्पर्क गरेको थिएन । फोन गरौँ भनेर मोबाइल अन गर्दा त्यहाँ नेटवर्क नै थिएन । बासबसेको होटलमा सोधेपछी थाहा पाएँ त्यहाँ नेटवर्क काम नगर्ने रहेछ । अब घरमा फोन सम्पर्कका लागि कुनै अन्य माध्यम नै थिएन । मुगुको सदरमुकाम गमगढी पुग्न झन्डै तिरानब्बे किमि बाँकी थियो । अबको बाटो कच्ची छ भन्ने थाहा भएर भोलिको यात्रा बारे विभिन्न कल्पनाहरु आए रातभर निद्रा लागेन । बिहान उठ्दा हिमा र तिला नदीले आफ्नो रुप परिवर्तन गरेर कालोनिलो थिए मन झन आत्तियो । बिहान साढे छ बजे नै उठेर हिमानदीको तिरै तिर सिजा तिर लाग्यौँ ।
नाग्म बजारबाट हिँडेको केही समयमै एउटा खोला भेटियो पानीको बेग नहेरी मोटरसाइकल पार गर्न खोज्दा झन्डै हिमा नदीमा पुगिएन । स्थानीय मान्छेको सहयोगले खोला मोटरसाइकल तारे एकछिन खोलाको छेउमा थचक्क बसे दुर्गममा काम गर्न त्यति सजिलो रहेन्छ । बाटो फराकिलो भएपनि असाध्यै चिप्लो भएकोले मोटरसाइकल कहिल्यै बाटोको छेउ कहिले भित्तामा जोतिन्थ्यो । बल्लतल्ल जुम्ला मुगुको सिमाना भुलभुले हुँदै पिना पुगयौँ ।
त्यहाँ सम्म जेनतेन पुगेपनि अगाडि जानका लागि सडकमा पहिरोले अबरुद्ध थियो । एक मनले फर्कनु पर्छ भन्थ्यो अर्को मनले जानै पर्छ । लगभग नब्बे प्रतिशत बाटो हिडिसकेकोले फर्किन मन लागेन । मोटरसाइकल एउटा घरमा राखेर झण्डै तेह्र किमि पैदल यात्रा गरेर साँझ मुगु जिल्लाको सदरमुकाम गमगढी पुगियो । मोटरसाइकलको यात्रा पैदल यात्राको थकानले खाना खाइसके बितिकै भुसुक्कै निदाए ।
एकदिन पछि परीक्षा पनि भयो । म परिक्षामा सफल भए । बर्खा भएकाले विद्यालय सम्म पुग्नका लागि एक्काईस किमि पैदल यात्रा गर्नु पर्ने रहेछ । मुगु गमगढीबाट उत्तरपुर्वि पट्टि मुगुकर्णालिको तिरै तिर गाडी अन्य मौसममा गाडी हिड्ने बाटो भएपनि बर्खामा बाटोको संकेत मात्रै हुने रहेछ । मसँगै माध्यामिक तह नौ र दशकालागि अङ्ग्रेजी , विज्ञान र गणित विषयका शिक्षक सहकर्मी पनि नियुक्ति हुनु भएको थियो । मुगु जिल्लाका लागि हामी चारैजना नयाँ थियौँ । एकजाना अङ्ग्रेजी विषयका शिक्षक यज्ञ वलि र म अर्को दिन बिहानै रारा तिर लाग्यौं । अन्य दुईजना विद्यालयतिर लाग्नु भयो । तीन घन्टाको उकालो यात्रापछि रारा पुगेर आफ्ना दुख भुलायौँ । साँझ गमगढी फर्कियौँ ।
दुर्गम जिल्लामा शिक्षक बनेर शिक्षा क्षेत्रमा सेवा गर्ने अवसर मिल्यो थुप्रै चुनौतीहरु सामाना गर्नु पर्ने कुरा बल्ल बुझ्दै थिए । गमगढीमा आफुलाई चाँहिने ओड्ने ओछ्याउने देखि कोठाका लागि सामान किने । एउटा भारी मज्जाको बन्यो । म सानो हुँदा बुबाले कर्णाली चिसापानीबाट हाट बोकेर एक वर्षभरीका लागि सम्पुर्ण परिवारलाई एकसरो लुगा ,छ नम्बर नुन र आफुलाई चाँहिने बाटाभरिको सामल बोकेर ल्याएको हटारुको हाट सम्झिए । बुबाले हटेरु बनेर बोकेको भारी जस्तै मैले पनि आफुलाई चाहिने सामान बोकेर हिडे दुर्गमको शिक्षक बन्न । सुदुरपश्चिमको दुर्गम जिल्लामा जन्मिएको भएपनि पढाई लेखाइ सहर केन्द्रत भएर होला भारी पहिलो पटक नै बोकेको थिए । पढेर सुख पाइन्छ भन्ने सुनेको बरु पढेर दुख पाए जस्तै अनिभुती भयो ।
बिहान सात बजे नै गमगढीबाट हेडेपनि अप्ठ्यारो बाटो हिड्दा हिड्दै साँझ ६ बजे विद्यालय भएको स्थान माग्री पुगे । हिमाली जिल्लातिर बसाइँ गजबको हुने रहेछ । सबै घरहरू एकआपसमा जोतिएका एकछेउको घरको छतबाट आर्को छेउको घरसम्म पुग्न सकिने । ढुङ्गाबाट बनेक चिटिक्क परेका इट्टा जस्तै गरेर काटेका ढुङ्गा माथि छत माटाको सुन्दर घर १ गाउँको माथितिर हिमाल जहाँबाट गाउँ सहरको जस्तै देखिन्थ्यो । ती सुन्दर घरभित्र सुन्दर मन थिए । जहाँ कसैले कसैलाई जित्ने , कसैले कसैलाई लडाउने प्रतिस्पर्धा थिएन बस आफ्नो कर्ममा रमाउने कर्मशील पाखुरा थिए । ठुल्ठुला इच्छा थिएनन् । आफ्नै छुट्टै पहिचान , धर्म , संस्कृति र परम्परामा सु-सज्जित समाजा थियो । अतिथि सत्कार , पाहुनाहरुलाई गर्ने सम्मान त्यहाँको चालचलन साँच्चिकै आजको एक्काइसौं शताब्दीको आधुनिक मानिसका लागि अनुकरणीय छ त्यहाँ धेरै कुरा ।
एकजना शिक्षक सहकर्मी र म बिहानै होमस्टेतिर चिया पिउन निस्कियौँ । बाटो एउटा बुढी आमा भेटिनु भयो । ‘टासिदलेक माइटा ‘ मैले केही बुझिन । मसँगैको साथीले टासिदलेक भनेको कारकात भाषमा नमस्ते हो भनेपछि मैले पनि टासिदलेक फर्काए । बुढी आमाले आफ्नै मातृभाषामा धेरै कुरा सोध्नु केही मैले केही बुझेन । एउटा शब्द पटकपटक दोहोर्याएनु भयो ‘माइटा’अर्थात मास्टर भनेको होला भनेर अनुमान लागाए । त्यहाँको भाषा संस्कृति परम्परासँग विल्कुल नयाँ थिए । मुगु जिल्लामा चारओटा स्थानीय तहमा राराछाँयानाथ नगरपालिका र सोरु , खत्याड र कार्मारोङ गाउँपालिका छ्न । गमगढीदेखी उतरपुर्वीमा अवस्थित कार्मारोङ गाउँपालिकामा नौ वडा मध्य वडा नम्बर नौमा क्षेत्री र ब्राह्मण र एकदेखि आठ वडामा कारकात मातृभाषी मानिसहरु बसोबास गर्दछ्न ।
बौद्ध धर्मको धार्मिक आस्था बोकेका कारकात मातृभाषीको लिपि सामवटा लिपि हो भने यहाँको भाषा तिब्बतीयन भाषासँग नजिकछ । यहाँ समुदायका मानिसले थर तामाङ लामा लेखेपनि कार्मोरोङ समुदायको आफ्नो छुट्टै भाषा संस्कृति रहेकोले तामाङ र लामा नभएर कार्मारोङ समुदाय नै हुनु पर्ने त्यहाँका भाषा र संस्कृतका जानकार बताउँछन । सुरुमा तामाङ र लामा थर लेखे पनि अहिले केही मानिसले थरमा नै कार्मारिङ लेख्न थालिसकेका छ्न । यस गाउँपालिकामा एउटा मात्र माध्यामिक तहको विद्यालय छ ।
वि स २०२४ स्थापना भएको श्री बुद्ध नमूना माबि जहाँ कक्षा ११ र १२ शिक्षाशास्त्र र ९ देखी १२ सम्म पसुविज्ञान पनि पढाइ हुँदै आएको छ । करिब साढे चारसय विद्यार्थीहरु अध्ययन गर्दै आएका छन । अहिले पनि त्यस गाउँपालिकाको वडा नम्बर नौको छायलबजारमा बर्खामा बाहेक अन्य मौसममा जिप पुग्छ्न । खाद्यान्न ओसारपसारको भरपर्दो माध्यम खच्चड , घोडा , झोपा र भरिया हुन । त्यहाँको तापक्रम चिसोयाममा माइनस पुग्ने भएकाले सधै ज्याकेट लगाउन मिल्ने आन्न्दको मौसम छ ।
शिककका रुपमा त्यस विद्यालमा नियुक्ति लिएपछि मेरा नित्यकर्म फेरिए । दिनभर विद्यालयमा पढाउने चारबजेपछि कोठामा आएर पढ्ने । देशभर कोरनाका कारण शैक्षिक संस्था बन्द भएपनि हाम्रो विद्यालय बन्द भएन नियमित पठनपाठन गर्यौँ । लगभग पचहत्तर प्रतिशत बालबालिका कारकात मातृभाषाका थिए । दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षण थुप्रै जटिलता थिए । विस्तारै त्यहाँको भाषा र संस्कृतिसँग रमाउन थाले । मुख्य पेशा नै त्यहाँको कृषि हो । चिनो , कोदो र आलु मुख्य खेती हुन । म लगायत तिनजना शिक्षक भाडामा बस्ने घर कार्मारोङ समुदायका व्यक्तिको थियो । जुन त्यस समाजमा पढेलेखेका शिक्षित असल व्याक्ति थिए ।
घरबेटी र हामी बिच पारिवारिक सम्बन्ध जस्तै थियो । एकदिन घरबेटीले बिहानै हामी चार जनालाई चिया पिउन बोलाउनु भयो । घरबेटीको भान्साघरमा पसेको पहिलो दिन थियो । घरबाहिरबाट हेर्दा र भित्र भान्सा पस्दा धेरै भिन्नै अनुभव भयो । घर भित्र दराजभरी चरेसका थाली , चाँदीका कचौरा सजावट हेर्दा कुनै पाँचतारे होटल भन्दा कम थिएन हामी चारै जना चकित पर्यौ हामीले एकपटक कानेखुसी नि गर्यौ । घरबेटी भाउजुले काँचको गिलासमा कालो चिया , एउटा कचौरामा सातु र मोहि जस्तै सेतो रंगको तरलपदार्थ राख्नु भयो ‘टासिदलेक माइटा ‘ मैले नाम भोटेको चिया भनेको सुने पनि देखेको र स्वाद लिन पाएको थिएन । कसरी सुरु गर्ने नै थाहा भएन । खाने बिधि समेत भनेपछि हामी तीन जना भोटे चियाको चुस्की लिन थाल्यौं तर एक जना साथी कालो चिया मात्र थपी थपी पिउन थाल्नु भयो । त्यहाँको विशेषता कालो चिया होस या भोटेचिया थप्दै खाँदै गर्न पाइने ।
साथीले भोटेचिया नपिएको देख्दा सोधे किन नपिउनु भएको लिनुन मिठ्ठो छ । मेरो कानमा सुटुक्कै भन्नू भयो यसमा छ्याङपनि मिसायको हुन्छ रे ! म पिउँदैन सर! मैले त्यहाँ भएका सबैलाई त्यो कुरा भने घरभरी हाँसो गुन्जियो ! पछि थाहा पाइयो उहाँलाई कसैले भोटेचियाम छ्याङ मिसायको हुन्छ भनिदिएको रहेछ । चिनी बिनाको चिया स्वाद मिठ्ठो लागेन तर पनि मिठ्ठो मानेर खाइयो । भोटेचिया कसरी बनाउने होला मनमा उत्सुकता लाग्यो मैले सोधी हाले घरबेटीले चाहिने सामाग्री र बनाउने प्रक्रिया बताइ दिनु भयो । भोटेचियाको लागि भोटेचियाको मसला , चाइनाबाट ल्याएको नुन र चाइनाबाट ल्याएको घिउको हालेर चिया बनाइने रहेछ ।
सुरुमा भोटेचियाको स्वाद मिठ्ठो नलागेपनि पछि खाँदै गर्दा सार्है मिठ्ठो लाग्न थाल्यो लत जस्तै बन्यो चिसो मौसममा भोटेचिया पिउनुको मज्जा बेग्लै ।विद्यालयमा शिक्षणका क्रममा भाषिक जटिला थुप्रै झेल्नु पर्यो नेपाली भाषा बिमातृ बालबालिकालाई नेपाली भाषा शिक्षण गर्न सहज हुनै कुरै थिएन । नेपाली भाषामा सभ्य मानियका केही शब्द कारकात भाषामा अस्लिल शब्द हुने केही कारकात भाषाका शब्द नेपाली भाषामा अस्लिल हुने । म नेपाली भाषाको शिक्षक भएकोले यी यस्ता जटिलता सामाना गर्नु सामान्य थियो । यस क्षेत्रमा अन्य विषय भन्दापनि नेपाली भाषाको शिक्षण गर्नु जटिल कार्य थियो । कक्षा दशमा नेपाली विषयमा कोचिङ समेत पढाउनु पर्थ्यो ।
दुर्गमतिर बालबालिकाहरुलाई नियमित विद्यालयमा उपस्तिथि गराउनु नै मुख्य चुनौती रहेछ । ल्होसार , कामको सिजन र यार्चागुम्बा टिप्ने समयमा बालबालिका विद्यालयमा उपस्थिति न्यून हुने । खाली समय काटन धौ धौ पर्ने । म नियुक्ति हुनु भन्दा पहिले नियुक्ति लिएका शिक्षक साथीहरूले सुनाउँथे । त्यहाँ सञ्चारको अत्यन्तै समस्या थियो रे १ घरतिर फोन गर्न डेढघन्टा उकालो चढ्नु पर्ने थियो रे १ धन्न म त्यहाँ पुग्दा त्यो समस्या थिएन । वाइफाइ भने अत्यन्तै कमजोर थियो । हावा चल्यो , हिउँ पर्यो र पानी पर्यो भने वाइफाइ चल्थेन ।
अन्य समयमा पनि अत्यन्तै कम्जोर नेट थियो । बत्ति थिएन सोलार सिस्टम घाम लागेसम्म चल्ने घाम अस्ताए सँगै सोलार पनि बन्द हुने , वाइफाइ पनि जाने । उता सरकार प्राविधिमैत्री शिक्षाको रटान लगाउँदै थियो । नास्पती रोपेर स्याउ फलाउने अपेक्षा १ भनेको यहीँ होला सायद १
मुगुमा बस्दा विद्यालयमा शिक्षक मात्र नभएर त्यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न पाइयो । एकपटक राराछाँयानाथ पुगे र दर्शन गर्ने पाए । नेपालका चारधाम मध्य राराछाँयानाथ एक पर्ने रहेछ । समुन्द्री सतहबाट झन्डै उनन्चास सय मिटरमा छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र छाँयानाथ हरेक वर्ष श्रवण पुर्णिामामा विभिन्न ठाउँका तिर्थालु भक्तजनले छाँयनाथ पुगेर दर्शन गर्छ्न । यसैगरी मुगु जिल्लाको मुगुगाउँ ऐतिहासिक र पर्यटकीय संभावना बोकेको ठाउँ , ऋणमोक्ष , एक रुपैयाँ नोटमा चित्र भएको चंखेली हिमाल नजिकबाट नियाल्न र घुम्न पाइयो ।
घर फर्किदा र विद्यालय जाँदा बाटोमा पाएका दुख लेखी साध्य छैन्न । कतिपटक पेलेन नपाएर नेपालगन्ज र ताल्चामा एकहप्तासम्म बास बस्नु परेको गाडिको यात्रा गर्दैगर्दा तीन छाक पानी र चाउचाउ खाएर बस्नु परेको , गमगढीबाट विद्यालय तिरको पैदल यात्रामा टाउको माथिबाटै ढुङ्गा गएको । यी यस्ता दुख भुल्ने ठाउँ त्यहीँ विद्यालय थियो जहाँ साना मुनाहरुको अनुहार देखेर सबै दुख बिर्सिन्थे । म पढ्दै गर्दा धेरै कुरा सिके । दुर्गममा काम गर्न सजज थिएन । दुख सुख जिन्दगी चल्दै थियो । मकवानपुर जिल्लामा प्राथमिक तहमा पहिलो र दोस्रो पत्रमा नाम आयो ।
अन्तर्वार्तामा सबै प्रक्रिया पुगेर सिफारिस भए । नाम निस्किएकोमा म त खुसी थिए तर मेरा विद्यार्थीका अनुहारमा खुशी थिएन । मेरो विदाइको दिन नजिकै थियो विद्यार्थीहरु अनुहारहरु मलिन हुँदै थिए । तीन वर्ष कसरी बिते थाहा भएन हिजो जस्तै लाथ्यो नियुक्ति लिएको बिदाइको दिन आइसकेछ । विद्यालयबाट अन्तिम विदाइको पल आज सम्झिँदा आज पनि गहभरी आँसु हुन्छ्न । शिक्षक सहकर्मी ,विद्यार्थीले र अभिभावक पाएको सम्मान नै मैले कमाएको सम्पत्ति हो ।
गलाभरि टासिखादा , लालिगुँरास फूलका माला र मेरो निधारभरि रंगिएको रातो रंग १ तर पनि मन खिन्न थियो । शिक्षक सहकर्मीहरु र विद्यार्थीहरु डाको छोडेर रुदै थिए । मैले नि मन थाम्न सकिन । मप्रतिको यतिको विद्यार्थीको प्रेम साथीहरुले गरेको माया कहिल्यै बिर्सिन सक्दैन । आजपनि त्यो ठाउँ शिक्षक सहपाठी र मेरा प्यरा विद्यार्थीहरु सम्झी रहेकोछु । फेरि पनि एकपटक शिक्षकका रुपमा दुर्गममा फर्किने मन छ । हेरौं जिन्दगीले कहाँ डोर्याउँछ । मुगु तिमिलाई सम्झिरहेको छु ।