२२ असोज,काठमाडौं –
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। आज बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेतासँग भएको छलफलमा शुक्रबार अपरान्हसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो। शुक्रबार बिहान सत्तारूढ दलहरूले मन्त्री हुनेको नाम दिइसक्ने बताएका छन्। स्रोतका अनुसार शुक्रबार बिहान राष्ट्रपतिलाई प्रधानमन्त्रीले भेट्ने तयारी छ।
मन्त्रीको सपथसम्बन्धी कानुनमा समस्या देखिएकोले भेट्न लागिएको हो। साथै दलहरूले मन्त्री हुनेहरूको नाम दिएपछि शुक्रबार नै मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी भएको स्रोतको भनाइ छ। देउवाले अहिलेसम्म कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट २ जनालाई मन्त्री बनाएका छन्। कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीले मन्त्री हुनेको नाम दिइसकेका छैनन्।