२०८१ फाल्गुन ४ गते आइतवार

बेलझुण्डि अस्पतालमा उपचाररत एक जनाको मृत्यु



२३ भदौ, घोराही –
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत रोल्पाका एक संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार त्रिवेणी गाउँपालिका ४ निवासी ५० बर्षिय पुरुषको आज विहान पौने चार बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि गत भदौ ११ गतेदेखी अस्पतालको आईसियु कक्षमा उपचाररत उहाँमा निमोनिया संगै स्वासप्रस्वासमा समस्या रहेको थियो । बेलझुण्डि अस्पतालमा अब ५ जना संक्रमित आईसियुमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्