२०८१ चैत्र ११ गते सोमवार

संसद अधिवेशन आजदेखि, चल्न नदिने तयारीमा एमाले



२३ भदौ, काठमाडौँ – संसदको नयाँ अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । संघीय संसदको यो नवौँ अधिवेशन हो । दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

संसद अधिवेशनको पहिलो दिन नै बजेटसहितको १५ अध्यादेश स्वीकृत गर्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि रहेको जनाएको छ ।

यसअघिको अधिवेशनमा यी अध्यादेश दर्ता पेश गरिएका थिए तर सरकारले अघि बढाएन । भदौ ३० भित्र निर्णय नगरिएमा स्वतः खारेज हुने अवस्था आएपछि अधिवेशन बोलाइएको हो ।

पहिलो दिन यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन सहज हुने गरि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई टेबल गर्ने तयारी सरकारको छ ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट रहेको छ । एमालेले संसद चल्न नदिने तयारी गरेको छ । १४ सांसदलाई आफ्नो सिफारिस अनुसार कारवाही नगरेपछि एमाले र सभामुखबिच मनमुटावको अवस्था छ ।

सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत नराखी संसदको सम्भावित कार्यसूचि सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्