२०८१ जेष्ठ ५ गते शनिवार

सरकारले विद्यार्थीलाई ‘मानसिक तनाव’ दिएको नेविसंघको आरोप



२४ साउन,घोराही – नेपाल विद्यार्थी संघले सरकारले विद्यार्थीलाई मानसिक तनाव दिइरहेको आरोप लगाएको छ । लामो समयदेखि परीक्षा नगर्ने र पटक–पटक परीक्षा स्थगीत गर्दा विद्यार्थीमा मानसिक तनाव हुने गरेको नेविसंघले बताएको छ ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीको परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा लामो समयदेखि रोकिएको परिक्षा स्थगित गरि विद्यार्थीलाई थप मानसिक तनाब दिने मात्र होइन परिक्षार्थीलाई अलमलमा नपार्नेगरी थप विकल्पसहित निर्णय गर्न सरकार समक्ष माग गर्दछु,” नेविसंघका महामन्त्री बलदेव तिमल्सिना भन्छन्, “असहज परिस्थितिमा विद्यार्थीको भविश्य, शैक्षिक सत्र र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्नु नै आजको आवश्यकता भएकाले त्यसतर्फ तदारुकताका साथ अग्रसर हुन नेपाल सरकार, विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराउँदछु ।”

सरकारले कोरोना संक्रमणको त्रासका कारण पटक–पटक परीक्षाको मिति तय गर्ने तथा स्थगीत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्