२०८१ साउन ५ गते शनिवार

जोन सिनाद्वारा रेस्लिङबाट संन्यासको घोषणा



२४ असार , काठमाडौं –अमेरिकी रेस्लर एवं अभिनेता जोन सिनाले वल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट संन्यासको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न ‘मनी इन द बैंक’ मा उपस्थित भएका सिनाले संन्यासको घोषणा गरेका हुन्।

उनले २०२५ को रोयल रम्बल, एलिमिनेशन च्याम्बर र लस भेगासमा हुने रेसलमेनिया ४१ आफ्नो प्रतियोगिताको अन्तिम हुने बताए । ​४७ वर्षीय सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन् । उनी १६ पटक विश्व च्याम्पियन बनेका छन् । ​

अभिनेतासमेत रहेका सिनाले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट डेब्यू गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्