२०८१ जेष्ठ ३० गते बुधवार

राप्ती बचत तथा ऋण सहकारी संस्थाद्धारा अन्तरक्रिया



२४ असार, घोराही – घोराहीमा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाको वर्तमान अवस्था र आगामी कार्य योजना बारेमा अन्तरक्रिया गरिएको हो ।

संस्थाका सदस्य तथा शिक्षा उपसमितिका संयोजक लीलाधर शर्मा पन्थीको अध्यक्षतामा शुक्रबार संस्थाको वृहत्तर विकास तथा संस्थागत सुधारका बारेमा वृहत अन्तरक्रिया भएको थियो । पहल बहादुर डाँगीको स्वागत एवं विषय प्रवेशबाट शूरु भएको कार्यक्रममा पूर्व संचालक समिति सदस्य डा. बिन बहादुर ओली र भुपाल गिरीले निक्षेप लगानी, शाखा प्रमुखको रिपोर्ट, व्यवस्थापन तथा संस्थामा कर्जा रिन्यूअल, कर्मचारीका बारेमा जानकारी गराउनुुभएको थियो ।

आर्थिक अनुशासन कायम गर्दै प्रविधिमा आधारित द्रुत सेवादेखि सेवाग्राहीलाई सरल र सहज सेवा प्रदान गर्ने सवालमा कसरी अघि बढ्न सकिन्छ भन्ने लगायत विषयमा विमर्श भएको हो ।कार्यक्रममा वरिष्ठ अधिवक्ता रेवतीरमण शर्मा, संस्थापक अध्यक्ष ओमभक्त बुढाथोकी, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, डा. अर्जुन बुढाथोकी, बमबहादुर डिसी लगायतका बोल्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्