२०८१ जेष्ठ ३० गते बुधवार

घोराहीमा २६ र तुलसीुरमा २७ गतेबाट विद्यालयमा वर्षे विदा



२४ असार, घोराही –
घोराहीका विद्यालयमा पर्सी आईतबार देखि साउन १० गते सम्म वर्षे विदा दिईएको छ । शुक्रबार घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले सार्वजनिक सुचना जारिगर्दे यही असार २६ गते आईतबार देखि साउन १० गते मंगलबारसम्म विदा दिईएकोे जनाकारी गराएको हो ।

महाशाखा प्रमुख विनोद गौतमका अनुसार वार्षिक वर्षे एवं अन्य विदा शैक्षिक क्यालेन्डर अनुसार हुने सम्बन्धीत विद्यालयलाई जानकारी गराईएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले पनि सामुदायिक विद्यालयमा बर्षे विदा दिएको छ । यहि असार २७ देखि श्वावण १४ सम्म विदा दिएको हो ।

असार २२ गतेको शिक्षा समितिको निर्णय अनुसार विदा दिईएको महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिनुुभयो । यो विदा बार्षिक विदाबाट कट्टि हुने छ ।।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्